दफा २७१
स्वार्थ बाझिएको मुद्दा हेर्न नहुने

(१) न्यायाधीशले देहायका मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्न हुँदैन:-
(क) आफ्नो वा आफ्नो नजिकको नातेदारको हक, हित वा सरोकार रहेको मुद्दा,स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नालेअपुताली खुला हुँदा कानून बमोजिम अपुताली प्राप्त गर्न सक्ने प्राथमिकताक्रममा रहेको व्यक्ति, मामा,माइजू, सानी आमा, ठूलीआमा, सानो बाबु, ठूलो बाबु, पति वा पत्नी तर्फका सासू, ससुरा, फुपू, फुपाजु,साला, जेठान, साली, दिदी, बहिनी, भिनाजु, बहिनी ज्वाइँ, छोरी ज्वाइँ, भाञ्जा, भाञ्जी, भाञ्जीज्वाइँ, भाञ्जी बुहारी तथा त्यस्तो नाताका व्यक्तिको परिवारको सदस्य सम्झनु पर्छ ।
(ख) कुनै बखत निज वारिस, कानून व्यवसायी वा साक्षी भएको मुद्दा,
(ग) निजले न्यायाधीशको हैसियतमा कुनै अदालतमा निर्णय गरेको वा अन्तिम आदेश गरेको मुद्दा,
(घ) कुनै बखत निजले मुद्दा चल्ने वा नचल्ने विषयमा राय दिएको मुद्दा,
(ङ) अन्य कुनै कारणले आधारभूत रूपमा निज र निजको एकासगोलका परिवारका सदस्यको स्वार्थ बाझिएको वा खण्ड(क) बमोजिमका व्यक्तिको स्वार्थ बाझिएको मुद्दा ।
(२) उपदफा (१) बमोजिमको कुनै अवस्था देखिएमा मुद्दा हेर्ने न्यायाधीशले मुद्दा हेर्न नहुने कारण खुलाई आदेशगर्नु पर्नेछ ।
(३) उपदफा (१) को प्रतिकूल हुने गरी कुनै न्यायाधीशले कुनै मुद्दाको कारबाही, सुनुवाई वा किनारा गर्न लागेमामुद्दाको कुनै पक्षले आवश्यक प्रमाण सहित मुद्दाको कारबाही, सुनुवाई वा किनारा नगर्न निवेदन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको निवेदन प्राप्त भएमा मुद्दा हेर्ने न्यायाधीशले मुद्दाको कारबाही, सुनुवाई वा किनारागर्नु अघि त्यस्तो निवेदन बमोजिमको माग दाबी मनासिब भए वा नभएको यकिन गरी मुद्दा हेर्न नहुने भएमा सोहीबमोजिम आदेश गर्नु पर्नेछ ।
(५) उपदफा (२) वा (४) बमोजिम आदेश भएकोमा त्यस्तो मुद्दा सोही अदालतको अर्को न्यायाधीश भए निजले र त्यस्तोन्यायाधीश नभए सोको कारण खुलाई मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नको लागि मुद्दाको मिसिल सबैभन्दानजिकको समानस्तरको अदालतमा पठाई पक्षहरूलाई समेत सोही अदालतमा तारिख तोकी पठाईदिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम मिसिल प्राप्त भएमा त्यस्तो अदालतले पनि आफ्नो अधिकारक्षेत्रभित्रको मुद्दा नभएपनि त्यस्तोमुद्दाको कारबाही, सुनुवाई र किनारा गर्नु पर्नेछ ।